निर्देशकको बढ्यो दौडधुप


Filmy Kura, May 8, 2016 at 11:35 am

madhav-kharelबैशाख ३१ रिलिज फिल्म ‘विरानो माया’ का निर्देशक माधव खरेलको दौडधुप निकै बढेको छ । फिल्म सेन्सर गर्न देखि लिएर हल म्यानेज अनि पब्लिसिटीको सम्पूर्ण काममा उनि आफै खटिएर लागेका छन् । फिल्ममा अभिनय गर्ने नायिकाद्धय नम्रता सापकोटा र दीपासा बिसी स्टेज कार्यक्रममा व्यस्त रहदा निर्देशक आफै मिडियामा समेत पुगिरहेका छन् ।

उनले भनेका छन्, ‘राम्रो फिल्म बनाएको छु । फिल्म चल्नेमा म ढुक्क छु । नायिका पनि साथ भएको भए सुनमा सुगन्ध हुने थियो ।’ फिल्ममा नायक श्रीदेव भट्टराई र रोहित रुम्बाको पनि अभिनय रहेको छ ।

लभस्टोरी फिल्मले नेपाली सिने बजारमा मात्र नभई विदेशमा समेत राम्रो पकड बनाउन सफल भएको छ पछिल्लो समय । केही समय अघि निर्देशक माधव खरेल फिल्मलाई लिएर कतार गएका थिए । कतारमा देखाइएको फिल्मलाई दर्शकले निकै मन पराएपछि उनि नेपालबाट पनि सोही खालको माया र साथ पाइनेमा आशावादी छन् ।

निर्देशक खरेल स्वयमले लेखेको फिल्म ‘विरानो माया’ का छायांकार जनकराज अधिकारी हुन् भने शंकर महर्जनको फिल्ममा द्धन्द्ध रहेको छ । सावित्री अधिकारी र मिलन लामा फिल्मका लगानीकर्ता हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)