FAAN र KEY बीच तीन वर्षे एग्रिमेन्ट, असार १८ मा हुने भयो भव्य अवार्ड


Filmy Kura, May 11, 2016 at 4:58 pm

big news]FAAN अर्थात फिल्म आर्टिस्ट असोसिएशन अफ नेपाल र नम्बर वान एड एजेन्सी KEY ADVERTISING बीच अवार्ड गर्ने सहकार्य स्वरुप तीन वर्षे अग्रिमेन्ट भएको छ । नेपाल कलाकार संघका अध्यक्ष रामकेश्वर बोगटी र कि एड्भर्टटाइजिङ्गका म्यानेजिङ्ग डिरेक्टर शशी रिजालले आगामी दिनमा अवार्ड आयोजना गर्ने गरी सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

ram-sashi

तस्बिर : राजेश केसी

राजधानीमा आज आयोजित ‘फान अवार्ड २०७२’ घोषणा सेरोमनीमा लाइफ टाइम अचिभमेन्ट अवार्ड सहित जम्मा २१ विधामा अवार्ड वितरण गरिने अवार्ड समितिका संयोजक तथा वरिष्ठ अभिनेता कृष्ण मल्लले जानकारी दिए । उनले भने, ‘कलाकार संघले पहिलो पटक अवार्ड आयोजना गर्दैछ । यो अवार्ड पोखरामा गर्ने छलफल चलाइएपनि अन्तत हामी काठमाडौंमा अवार्ड गर्ने अन्तिम तयारीमा छौ ।’ अहिले नै जुरी नतोकिएको यस अवार्ड फङ्शन आगामी असार १८ गते आर्मी अफिसर्स क्लबमा हुनेछ । वरिष्ठ चलचित्रकर्मी नीर शाहले अवार्ड भव्य र सव्य रहोस् भनि शुभकामना व्यक्त गरे ।

कलाकार संघ जस्तो एउटा गरिमा बोकेको संस्थाले अवार्ड गर्न लागेकोले गर्दा पनि सबैको चासो बढेको छ । सेलिब्रेटीको बाहुल्यता रहेको यस संस्थाको अवार्ड घोषणा कार्यक्रममा नायिका रेखा थापा समेत उपस्थित भएकी थिइन् । पछिल्लो समय अवार्डमा आफ्नो फिल्म सामेल नगराएकी र आफू पनि अवार्डमा सहभागी नहुने बताएकी रेखाले कलाकार संघ आफ्नो घर भएको भन्दै आफ्नो फिल्म आगामी दिनमा अवार्डको लागि दिने समेत बताइन् ।

स्मरण रहोस् नवल खड्का अध्यक्ष रहदा देखि कलाकार संघले अवार्ड गर्ने तयारी गरेपनि यो कामले अहिले आएर मात्र मूर्त रुप पाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)