करणले गरे अर्चनाको तारिफ, भने, ‘प्रतिस्पर्धा गर्न तयार छु’


Filmy Kura, May 11, 2016 at 5:42 pm

acrchana paneruनायक तथा निर्माता करण क्रेजिले पोर्न स्टार बन्ने सपना पालेकी अर्चना पनेरुको तारिफ गरेका छन् । उनको तारिफ पोर्न स्टार बन्ने अर्चनाको सपनालाई लिएर नभई ‘छेस्को’ फिल्ममा उनले गरेको अभिनयलाई लिएर हो ।

करणले भने, ‘अर्चना जी निकै मिलनसार लाग्यो । समयको ख्याल भएको, को–अपरेटिभ । उहाँले पोर्न स्टार बन्छु भन्नु भयो होला तर फिल्म प्रति उहाँको झुकाव पनि रहेछ । डान्स अभिनय राम्रो गनुहुँदोरहेछ जुन छेस्को हेरेपछि तपाईलाई लाग्नेछ ।’

उनले ‘छेस्को’ नेपाली परिवेशमै घट्ने घटनामा आधारित रहेको बताए । आगामी जेठ २१ गतेबाट अल नेपाल प्रदर्शन हुने फिल्ममा विवाद हुने किसिमको संवाद र दृश्य नरहेको जिकिर उनले गरेका छन् । साथै उनले थपे, ‘यो मितिमा जुनसुकै फिल्म आएपनि हामी प्रतिस्पर्धाका लागि तयार छौ । फिल्म राम्रो बनेको छ चल्छ भन्नेमा हाम्रो निर्माण यूनिट ढुक्क छ ।’

‘छेस्को’ का कलाकार तथा निर्माता समेत रहेका करणले अर्चना पनेरुलाई लिएर फिल्म बनाएको प्रति चलचित्र क्षेत्र सँग काम गर्ने कुनै पनि संघ संस्थाको आपत्ती रहने हिसाबले काम नगरेको समेत स्पष्ट पारेका छन् । एस.पी मूभि मेकर्स एण्ड रिच इन्टरटेन्मेन्टको व्यानरमा निर्मित फिल्ममा अर्चना पनेरु, राजन कार्की र करण श्रेष्ठ क्रेजिको प्रमुख भूमिका रहेको छ ।

सुरज प्रधानको लगानी रहेको फिल्म ‘छेस्को’ मा करण एक प्रहरी अधिकृतको चरित्रमा छन् । सुरेश थापाको डेब्यू निर्देशन रहेको फिल्मका सह–निर्माता शंकर कार्की हुन् । सार्वजनिक ट्रेलरले यूट्युवमा आक्रामक भ्यूअर्सको साथ पाइरहदा हलमा लाग्दा भने कस्तो खालको दर्शक साथ पाउने हो त्यसको लागि भने जेठ २१ कुर्नुको विकल्प छैन ।

हेर्नुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)