आयुष र सन्जुको दिल भयो खाली, के पाउला त दर्शक ताली ?


Filmy Kura, May 12, 2016 at 6:23 pm

aayush-sanjuदिल जाली भएको भन्दा त खाली भएकै राम्रो हो । हाम्रा अधिकांश कलाकार नै कोही दिलदार छन् त कोही जाली । भयो जालीको कुरा छोडौ । हामी भने अहिले नवनायक आयुष रेग्मी र नवनायिका सन्जु सिलवालको दिल खाली भएको कुरा गर्दैछौ ।

सुन्दा सुनिरहुँ लाग्ने मायाले भरिएको गीतमा आयुष र सन्जुले दिलको कुरा गरेका छन् । फिल्मको नाम हो ‘किन गरेँ माया’ । माया किन र के को लागि गरिएको हो त्यो भने मनोरञ्जन लिदै थाहा पाउनको लागि जेठ १४ गते नजिकको सिनेमा घर नै जानु पर्ने हुन्छ । यद्धपि फिल्मको संगीतले दर्शकको मन छुन सफल भएको छ । यही फिल्मबाट यी दुई कलाकार परिचय स्थापित गर्ने दाउमा छन् ।

दीपक लिम्बु र बानिका प्रधानको संयुक्त भोकलमा तयार यस गीतमा मनोज हमाल र सुरेश पाण्डेको कोरियोग्राफी हेर्न सकिन्छ । शब्द तथा संगीत भने महेश खड्काको रहेको छ । दिल कुमार प्यासी प्रस्तुतकर्ता रहेको फिल्म ‘किन गरेँ माया’ लाई रमेश बोगटीले निर्देशन गरेका हुन् ।

फिल्ममा आयुष र सन्जुको अलवा सरु घलान, हरिश तिमिल्सिना, सुष्मा कार्की, रश्मि भट्ट लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । फिल्मले कतिको दर्शक ताली पाउला त्यो भने जेठ १४ कुर्नुको विकल्प छैन ।

 मनै आनन्दित बनाउने हेर्नुस् यो गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)