बुद्ध सफल भए रमित बन्नेछन् पृथ्वीनारायण


Filmy Kura, May 12, 2016 at 6:54 pm

budhhameroरिलिज संघारमा रहेको फिल्म ‘बुद्ध बर्न इन नेपाल’ ले राम्रो व्यापार गरे नायक रमित ढुंगाना पृथ्वीनारायण बन्ने सुरमा छन् । यो फिल्मले तय गर्नेछ कि उनी आगामी दिनमा पृथ्वीनारायण बन्ने कि नबन्ने भन्ने ।

हो फिल्मीकुरा सँगको विशेष भेटघाटमा ‘बुद्ध बर्न इन नेपाल’ का प्रस्तुतकर्ता तथा नायक रमितले प्रष्ट्याउदै भनेका छन्, ‘राष्ट्रियताको इश्यूमा यो फिल्म निर्माण गरेको छु । बुद्ध सफल भएको खण्डमा म इतिहासले सम्झने व्यक्ति पृथ्वीनारायण शाहको जीवनीमा आधारित फिल्म बनाउनेछु ।’

यस ऐतिहासिक फिल्ममा नायक रमित पृथ्वीनारायणको क्यारेक्टरमा रहनेछन् । बुद्ध बनाउदा पनि दुई वर्ष मिहेनत गरेर कथा तयार पारेको बताउने उनी यसलाई पनि गहन अध्यनन गरेर मात्र अगाडि बढ्ने योजनामा छन् ।

रमितले जेठ ७ रिलिज फिल्म ‘बुद्ध बर्न इन नेपाल’ को लागि नेपाल सरकारबाट दिल खोलेर सहयोग भएको बताउदै ४ वर्षको फिल्मी ग्याप दर्शकले बुद्ध हेरेपछि स्मरण गर्ने किसिमको हुने समेत दाबी गरेका छन् ।

याद रहोस् यस फिल्ममा रमित सँगै उनका दाई अमित, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा लगायतको अभिनय रहेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)