स्टेज तताउन सोनाक्षी सिन्हा आइपुगिन् काठमाडौं
Filmy Kura, May 13, 2016 at 4:59 pm
भारतीय अभिनेत्री सोनाक्षी सिन्हा आज काठमाडौं आएकी छिन् । यो उनको पहिलो नेपाल भ्रमण समेत हो । जेठ १ गते हुन लागेको ‘अमरपंक्षी’ कार्यक्रमको लागि उनी नेपाल आएकी हुन् ।
सोनाक्षी सँगै अर्की अभिनेत्री मलाइका ओरारा पनि नेपाल आउनेछिन् । उनको आगमन भने आजै बेलुका हुने कार्यक्रम आयोजक सैनिक श्रीमती संघले जनाएको छ ।
भूकम्प पीडितका लागि सहयोगार्थ आयोजना गरिएको कन्सर्ट टुंडिखेलमा भोलि जेठ १ गते साँझ देखि सुरु हुनेछ । जहाँ नेपालका नाम चलेका अभिनेत्री रेखा थापा, प्रियंका कार्की, निशा अधिकारीले समेत पर्फम गर्दैछन् ।
Leave a Reply