नवललाई फेसबुकबाट यस्तो झापड


Filmy Kura, May 15, 2016 at 1:24 pm

nawal-sushil-pradipनेपाली फिल्म वृत्तमा नायक तथा निर्माताका रुपमा आफूलाई परिचित गराएका नवल खड्का अहिले फुर्सदिलो बनेका छन् । न कुनै फिल्मबाट अफर, न त कुनै फिल्म बनाउने उनको तयारी नै । यसर्थ समय कटाउन पनि केही न केही त गर्नैैप¥यो । उनी यतिबेला अर्को निर्माता संघ खोल्ने तयारीमा छन् । यो सुर उनलाई चल्नुको पछाडि हाल भइरहेको निर्माता संघ नविकरण नहुनु रहेको छ । चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष समेत रहेका नवल अब राजनीति गर्न कस्सिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चलचित्र निर्माताहरुको हक हितको पक्षमा वकालत गर्ने संस्था विगत ४ वर्षदेखि नविकरण नगरी खारेजीको अवस्थामा रहेको कारण चलचित्र निर्माताहरुको हक हित र सुरक्षाको लागि नवल खड्काको अध्यक्षतामा १७ सदस्य तदर्थ सञ्चालक समिति रहने गरी राष्ट्रिय चलचित्र निर्माता संघ दर्ता गर्ने निर्णयले हामी चलचित्र निर्माताहरु अत्यन्तै उत्साहित भएको छौ ।’

यो पोष्ट गर्न साथ केही नाम चलेका निर्माताले घोर आपत्ती जनाएका छन् । सफल फिल्म दिएका निर्माता सुशील पोखरेलले नवलको तयारीलाई लिएर भनेका छन्, ‘संघलाई बलियो बनाउनु पर्नेमा अझ कमजोर अनि कसैको पद प्राप्तिको लागि पलाएको इच्छालाई हामी जस्तो काममा विश्वास राख्ने अनि चलचित्र क्षेत्रमा सेवा गर्ने कर्मयोगी निर्मातालाई स्विकार्य छैन । नवल जी फिल्म चाहि नबनाउने घरमा श्रीमतीलाई म बिजी छु भनेर देखाउन निमित्त राजनीति गर्ने ।’ सुशीलले नवललाई एक दुई वटा फिल्ममा बनाउदैमा आफूलाई आजिबन निर्माता हुँ भन्दै धक्कु नलगाउन समेत सुझाएका छन् ।

यस्तै अर्का निर्माता प्रदीप उदयले नवललाई प्रश्न गर्दै भनेका छन्, ‘संघ खोल्ने अधिकार सबै सँग छ तर एउटा संघ राम्रो सँग चल्न नसकेको अवस्थामा अर्को संघ किन खोल्ने ?’ उनले बरु सबै मिलेर भएको संघलाई नि बलियो बनाउन तर्फ लागौ भन्दै अनुरोध समेत गरेका छन् ।

आफूलाई कलाकार अनि निर्माता भन्नेहरु अब भागबण्डाको राजनीतिमा केन्द्रित भएको देख्दा चलचित्र क्षेत्र कतातिर मोडिएला आशंका पैदा भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)