सपना पूरा भयो भन्दै र्‍याप हाने रमितले (भिडियो सहित)


Filmy Kura, May 15, 2016 at 1:46 pm

ramit-dhungana
नायक रमित ढुंगाना निर्मित तथा अभिनित फिल्म ‘बुद्ध बर्न इन नेपाल’ को अर्को रकिङ नम्वर रिलिज गरिएको छ । जहाँ रमितलाई र्‍याप हानेको देखि डिस्कोमा गाएको देख्न सकिन्छ । रमितले राष्ट्रियतामा फिल्म निर्माण गरेपनि मसलेदार बनाउन फिल्ममा गीत संगीत देखि रोमान्स कमेडी सबै मिसाएको भनिरहदा यो गीतले त्यो प्रमाणित गरिदिएको छ ।

प्रस्तुत गीतमा जादुमयी बोल्ड आवाजका गायक राजेश पायल राई र सुरेश अधिकारीको स्वर समावेश रहेको छ भने शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ ।

जेठ ७ रिलिज हुन गइरहेको फिल्ममा रमित सँगै अमित ढुंगाना, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्माको अभिनय रहेको छ । फिल्मलाई सफल निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

हेर्नुस् अहिलेका योङ्ग जेनेरेशनलाई मन पर्न सक्छ यो गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)