मेकिङ स्टाइल फरक लाग्ने कालो पोथीको ट्रेलर रिलिज


Filmy Kura, May 17, 2016 at 9:25 am

kalo-pothiहामी फिल्म भन्ने बितिकै स्वैर कल्पनाका पात्र र घटना सम्झन्छौ जसको उपस्थितिले हलमा सिट्ठी र ताली बजोस् । तर यी स्वैर कल्पना भन्दा माथि रहेर नेपाली परिवेश अझ भनौ निश्चित ठाउँको भाषा त्यहाँको संस्कृति र द्धन्द्ध कालिन समयमा त्यस क्षेत्रले भोगेका विविध आयाम माथि केन्द्रित रहेर निर्माण गरिएको फिल्म ‘कालो पोथी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा यस अघि तपाईले हेर्दै आउनु भएका फिल्मको जस्तो न कुनै हिरोको बहादुरी देख्न सकिन्छ न त हिरोइनले छमछम नाचेको नै । हाल निर्माण भइरहेका फिल्म भन्दा ‘कालो पोथी’ को मेकिङ स्टाइल निकै डिफरेन्ट छ ।

ट्रेलरले नै कौतुहलता थपेको ‘कालो पोथी’ फिल्मले भेनिस फिल्म फेस्टिवलमा हुने क्रिटिक्स च्वाइस अन्तरगत वेष्ट फिल्मको अवार्ड आफ्नो पोल्टामा पारिसकेको छ । नेपालमा भने फिल्म आउदो जेठ २१ गते रिलिज गरिने निर्माण पक्षले जनाएको छ । दई बालकलाकार प्रमुख भूमिकामा रहेका फिल्मको लगानी समेत निकै उच्च छ । साढे तीन करोड लगानीमा निर्माण भएको फिल्ममा खड्कराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, वेनिशा हमाल आदि कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई मीन बहादुर भामले निर्देशन गरेका हुन् ।

हेर्नुस् निकै भिन्न लाग्न सक्छ यो ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)