के म तिम्रो होइन र : नवकलाकारले जगाएको आशा


Filmy Kura, May 17, 2016 at 10:19 am

aaryan-mariskaनेपाली फिल्म क्षेत्रमा कोही कलाकार तीन चार वटा फिल्ममा लिड रोल निभाउदा पनि चर्चाको पात्र नबनि रहदा बैशाख ३१ रिलिज फिल्म ‘के म तिम्रो होइन र’ का दुई नव अनुहारले भने यतिबेला राम्रै तारिफ बटुलिरहेका छन् । फिल्म रिलिज पूर्व यी दुई कलाकार त्यति सारो मिडियामा आएका पनि थिएनन् तर अहिले मिडियाको खोजीमा यी दुई परेका छन् । ती दुई हुन् आर्यन अधिकारी र मरिस्का पोखरेल ।

दुवैको मनमा धुकचुक थियो फिल्मले कस्तो ओपनिङ गर्ला भनेर । तर ट्रेलर र गीतले दर्शकलाई हल सम्म यसरी ल्यायो कि शुक्रबारको व्यापार पछि माउथ पब्लिसिटीका कारण फिल्मले शनिबार देखि आक्रामक व्यापार गर्न सफल रह्यो । सोमबार सम्मको व्यापार हेर्दा फिल्मले करोड माथिको ग्रस कलेक्शन गरेको छ । अभिनयको पाटो केलाउदा आर्यन र मरिस्काले आफूलाई कतै पनि नयाँ भएको भान गराएका छैनन् । यो फिल्मलाई पर्दामा नियाले पछि दर्शकले भनेका कुरा हुन् यी ।

प्रेम प्राप्तिको लडाई मात्र छैन फिल्ममा । आर्यनलाई लागेको हत्याराको आरोप मेटाउनका निमित्त अपराधिको खोजीमा मुख्यत् फिल्म केन्द्रित छ । फिल्मको सिनेम्याटोग्राफि र निर्देशकीय पक्ष सबल भएका कारण दर्शकको रोजाइमा ‘के म तिम्रो होइन र’ परेको छ ।

फिल्मका निर्देशक आकाश अधिकारी हुन् । फिल्म मेकिङमा मुम्बईबाट डिप्लोमा कोर्ष गरेका आकाशले प्रेम कथामा नयाँ कलाकार नै चाहिने मान्यता समेत राख्छन् । यसर्थ पनि यो फिल्ममा आर्यन र मरिस्काले चान्स पाएका हुन् । यो चान्सलाई दुई कलाकारले अथक मिहेनत र प्रयासबाट प्रमाणित गरिदिएका छन् कि अब पुराना कलाकार होइन नयाँमा नै त्यो सम्भावना छ भनेर । आजका जो कोही नयाँ भोलिका पुराना हुन् नै तर फिल्म इन्ड्रष्टिमा राम्रो सम्भावना बोकेका आर्यन र मरिस्काले नयाँ र पुरानो भन्दा पनि फिल्म वृत्तमा व्यापारिक हिसाबले समेत राम्रो आशा जगाएका छन् ।

आर्यनमा एक्शनको नयाँ पन र मरिस्काले निभाएको लभर गर्लको भूमिकाले फिल्ममा यी दुईको जोडि मात्र सुहाएको छैन भविष्यका स्टार हुन् भन्ने लक्षण समेत देखाएको छ ।

‘के म तिम्रो होइन र’ मा आर्यन र मरिस्काको अलवा आकाश बाबु खवास, गौरी मल्ल, प्रज्वल गिरीको अभिनय हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)