छेस्को देखियो मनकारी, अनाथलाई सहयोग गर्दै


Filmy Kura, May 17, 2016 at 10:37 am

chhesko poster

सार्वजनिक पोस्टरबाटै चर्चा र विवाद बटुलेको फिल्म ‘छेस्को’ मनकारी देखिएको छ । फिल्मका कलाकार तथा वितरक करण क्रेजि श्रेष्ठले जेठ २१ रिलिज हुने यो फिल्मले गर्ने सम्पूर्ण व्यापारको १५ प्रतिशत सामाजिक सेवामा लगाउने जनाए ।

उनले भने, ‘हामीले यो पब्लिसिटीका लागि सहयोग घोषणा गरेका होइनौ । फिल्मले जे जस्तो व्यापार गर्छ त्यसको १५ प्रतिशत रकम हामी अनाथ बालबालिकाका लागि उपलब्ध गराउछौ ।’

पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिएकी अर्चना पनेरुले ‘छेस्को’ मा केन्द्रिय भूमिका निभाएकी छिन् । अर्चना सँगै लिड रोलमा देखिएका राजन कार्की फिल्मका लागि नयाँ अनुहार हुन् । सुरज प्रधान निर्मित फिल्मलाई सुरेश थापाले निर्देशन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)