स्वर्णिमलाई वर्षाले बाल नदिएपछि गायक रविमा छायो खुसी


Filmy Kura, May 17, 2016 at 1:05 pm

barsa-swarnim-rbiनायिका वर्षा शिवाकोटीले मोडल स्वर्णिम थापालाई बाल नदिएपछि गायक रवि मल्लमा अहिले निकै खुसी छाएको छ । खुसी नछाओस् पनि किन, तपाईलाई लाग्ला कि स्वर्णिमलाई बाल नदिए पनि रविलाई राम्रै बाल उनले दिइरहेकी छिन् । तर होइन हामी त गायक रवि मल्लको जादुमयि आवाजमा तयार गीतको भिडियोको कुरा गर्दैछौ ।

अचेल जुन नेपाली टिभी च्यानल लगाएपनि वा रेडियो सुने पनि एउटा गीत निकै प्राथमिकताका साथ गुन्जन्छ । त्यो गीत हो ‘राई झुमाको बिहे’ । नेपाली फिल्मकी नायिका वर्षा र मोडल स्वर्णिम यो गीतको भिडियोमा फिचरिङ भएका छन् । स्वर्णिमले वर्षालाई प्रेम गरौ माया गरौ भनि आग्रह गरिरहदा भिडियोमा वर्षाले भने कुनै महत्व नदिएको पाउन सकिन्छ ।

नरेन्द्र आभाष धामीको शब्दमा तयार गीतमा रविले गाएका मात्र छैनन् संगीत समेत भरेका छन् । सुन्दै आइरहेका गीत भन्दा केही फरक लाग्ने यो गीतलाई पछिल्लो समय दर्शक श्रोताले निकै रुचाएका छन् । भिडियो पनि निकै उत्कृष्ट बनेको छ । जसलाई विभोर पोखरेलले निर्देशन गरेका छन् ।

फिल्मीकुरा सँग मनका भावना खोल्दै गायक रविले भनेका छन्, ‘मायाको मात्र प्रसंग होइन कर्णालीको सेरोफेरो अझ भनौ संस्कृति झल्काउछ यो गीतले । मैले गायनमा पनि केही फरक गर्ने कोसिस गरेको छु ।’

अनुराग संगीत विद्यालयमा संगीत प्रशिक्षण लिएका रवि हाल भने आफै संगीत सिकाउने समेत काम गर्छन् । उनी छिट्टै फिल्मको पाश्र्व गायनमा आउने तयारीमा समेत छन् ।

स्मरण रहोस् ‘राई झुमाको बिहे’ गायक तथा संगीतकार रवि मल्लको डेब्यू एब्लम ‘यहि जिन्दगी’ मा समावेश छ ।

हेर्नुस् भिडियो यस्तो बनेको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)