डब्बुलाई सम्मान, श्याम र तुलसीलाई चलचित्र पत्रकारिता पुरस्कार


Filmy Kura, May 20, 2016 at 6:33 pm

shym-dabbuआज जेठ ७ गते चलचित्र पत्रकारिता दिवस । चलचित्र पत्रकार संघले आफ्नो १७ औँ वार्षिकोत्सव तथा दिवसको अवसरमा विगत दुई दशक देखि नेपाली कला जगतमा कलम चलाइरहेका तीन जना जुझारु पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

हाल राजधानी दैनिक पत्रिकामा आवद्ध पत्रकार डब्बु क्षेत्रीलाई संघले सम्मान गरेको छ भने अन्य दुई जना पत्रकार तुलसी गिरी र श्याम अर्याललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ । गिरी हाल म्युजिक डायरीको प्रकाशक तथा सम्पादकका रुपमा कार्यरत छन् भने अर्का पत्रकार श्याम अर्याल इमेज एफएम र इमेज टेलिभिजनमा मनोरञ्जन सम्बन्धि कार्यक्रम सञ्चालन गर्छन् ।

यी तीनै जना पत्रकारलाई सूचना तथा सञ्चार मन्त्रि शेरधन राई, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले क्रमश दोसल्ला ओढाई सम्मान पत्र वितरण गरेका थिए । मन्त्रि राईले पत्रकारिता क्षेत्र फस्टाउदै गएको प्रति खुसी व्यक्त गर्दै यसलाई अझ मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताए । यता पत्रकार महासंघका अध्यक्ष विष्टले भने चलचित्र पत्रकारिता गर्दा कोड अफ कन्डक्ट, यसको दायरा र क्रिटिकल्ली भई कलम चलाउन जरुरी रहेको भनाइ राखे । गएको वर्ष भूकम्पका कारण दिवस मनाउन नपाइएपनि यो वर्ष धुमधामका साथ चलचित्र पत्रकारले एक आपसमा आत्मियता बाढ्दै वार्षिकोत्सव र दिवस मनाएका हुन् ।

समारोहमा केही समय अघि चलचित्र सेन्सर बोर्ड सदस्यमा नियुक्त भएका चलचित्र पत्रकार सन्दिप सापकोटालाई संघले बधाई तथा शुभकामना दिदै सम्मान पत्र वितरण गरेको थियो ।

यसैबीच गएको वर्ष भूकम्पले आफ्नो घरवास गुमाएका केही चलचित्र पत्रकारलाई संघले जनही रु पच्चिस हजार र दश हजारका दरले राहत स्वरुप रकम हस्तान्तरण समेत गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)