तिर्सनाको यस्तो हर्कत, अर्चना भन्दा छैन कम


Filmy Kura, May 21, 2016 at 5:39 pm

tirsana-archanaहाम्रो नेपाली परिवेश, समाज कता तिर मोडिदैछ ? त्यस माथि चलचित्र क्षेत्र जस प्रति आम मानिसले विश्वास गरेका हुन्छन् । यो पनि एउटा सूचना प्रवाह गर्ने मिडिया नै हो । मनोरञ्जन क्षेत्रमा आवद्ध मानिस बेलाबखत विवादमा मुछिने गर्छन् । कोही यहाँ फसाइन्छन् अनि कोही जानाजान आफै फस्न आउछन् ।

चलचित्र क्षेत्रमा आबद्ध भएका जो कोही आफूलाई कलाकार जस्तो ओजिलो वर्डले चिनि दिउन भन्ने चाहान्छन् अनि यसका लागि सुरु हुन्छ वास्तविक लडाई । कोही अभिनयमा निखार ल्याएर संघर्ष सुरु गर्छन् अनि कोही शरीरका अंग देखाएर ।

ग्ल्यामरस देखिनका लागि नाङ्गिनु कति सम्म उचित ? कति सम्म हामी पचाउन सक्छौ ? फिल्मका लागि राजु गिरी जस्ता निर्देशकले समाजलाई नपच्ने सम्मको हर्कत गर्ने अर्चना पनेरुलाई स्थान दिनु कतिको ठीक ? आज शरीर नाङ्गो बनाउदैमा फिल्म चल्ने भए कलाकार चल्ने भए र यसले दिर्घकालिन रुप लिने भए किन दयाहाङ राई जस्ता कलाकारले वर्षौै थिएटरमा घोटिनु पथ्र्यो ? हुन त दया जस्तो रियल एक्टरलाई यहाँ जोडेर उनको गरिमा घटाउन खोजेको होइन । तर केही यस्ता चलचित्रकर्मी जसले स्थान दिन खोज्दा नेपाली चेली लाज पचाएर यहि समाजमा हिडिरहेका छन् । दोष निर्देशकको मात्र होइन । अर्चना पनेरुले पोर्न स्टार बन्छु भनेर खुलेआम अन्तर्वार्ता दिदा हामीले सुनिरह्यौ । लुकी लुकी भिडियो अन्तर्वार्ता हेरिरह्यौ । उनको नाङ्गो तस्बिरलाई च्यालेन्ज दिने खालको हर्कत अर्की एक मोडलले पनि गरेकी छिन् । हुन त यो क्षेत्रमा अरु त्यस्ता थुप्रै मोडल होलान् जो यो हर्कत गरिरहेका छन् तर पर्दामा आएका छैनन् वा भनौ देखिएका छैनन् ।

तिर्सना बुढाथोकी फिल्मकी नायिकाका लागि संघर्ष गरिरहेकी व्यक्ति हुन् । न्यूज कै लागि नाङ्गिनु त्यति जायज थिएन होला तर अर्चनाकै पथमा मोडल तिर्सनालाई फिल्मीकुराले पाएको छ ।

बाथरुममा नुहाएको भिडियो किन र के को लागि ? यदि तिर्सना कलाकार हो भने दर्शकले खोजि गरुन् न कि खालि समय उनलाई गाली गरेर बिताउन होइन । उक्त नुवाइ रहेको भिडियो हाल्ने यूट्युव च्यानलले भ्यूअर्स जति बढ्दै गयो त्यति डलर प्राप्त गर्दै जाला तर तिर्सनाको इज्जत ??? उनको यहि हर्कतले हो अर्चना सँग तुलना गर्न थालिएको । अहिले मार्केटमा यी दुईको शैलीले फिल्म क्षेत्र कतातिर जादै छ ? भविष्यमा के होला भन्ने हजार प्रश्न खडा गरेको छ ।

स्वतन्त्रको हक उपयोग गरिरहदा आफै फस्ने काम अर्चना र तिर्सनाले गरिरहेका छन् । समाजमा बाँच्नु छ भने तारिफले बाँच्ने सम्मको काम गरौ । तिर्सना आफै तिर्खाएर यस्तो हर्कत गरेकी हुन् वा उनी अरुबाट सञ्चालित छिन् ? हुन त फिल्मीकुरालाई यो बारेमा चासो होइन तर जो आफूलाई फिल्मको कलाकार हुँ भनेर चिनाउन चाहान्छन् उनीहरुले त्यस पहिले समाज बुझ्न जरुरी छ अनि संस्कार पनि ।

शरीर देखाउदैमा हिट हुने भइदिएको भए विगतमा त्यस्ता हर्कत गर्नेहरु आज पलायन भएको समाचार सुन्नु पर्ने थिएन । तिनीहरुको त नामो निशाना मेटिसकेको छ । अर्चना र तिर्सनाले नी यी कुरामा सचेत नभए भोलि यहि क्षेत्रले लखेट्ने पक्का छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)