अनमोलको गाजलु लण्डन देखि अमेरिका सम्म


Filmy Kura, May 22, 2016 at 6:26 pm

anmalo kcनेपाल रिलिज नहुँदै प्रतिक्षित फिल्मको अग्रसूचिमा रहेको ‘गाजलु’ को बेलायतको राजधानी लण्डनमा आगामी मे २९ तारिखका दिन ‘वल्र्ड प्रिमियर’ गरिदैछ । उक्त प्रिमियरमा नेपालका तर्फबाट फिल्मका निर्देशक हेमराज विसी, निर्माता रोहित अधिकारी तथा फिल्मका केही कलाकार सहभागी हुनेछन् ।

जेठ २८ गते फिल्मले नेपाल मात्र नभई अष्ट्रेलियाबाट समेत एकसाथ प्रदर्शन आरम्भ गर्नेछ । यसपछि भने जुलाईमा फिल्म अमेरिकाका विभिन्न शहरमा प्रदर्शन गरिने निर्माता रोहितले फिल्मीकुरालाई जानकारी गराएका छन् । यसका लागि निर्माण यूनिट यतिबेला तयारीमा जुटेको छ ।

अनमोल केसी स्टारर फिल्म अमेरिकामा मात्र होइन जापान तथा हङकङका मुख्य शहरमा समेत देखाइने छ । पूर्वकुमारीको विषय उठान गरिएको फिल्ममा अनमोल सँगै सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारीको प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)