उत्सवलाई भ्याई नभ्याई, पर्खाइ जेठ १४ को


Filmy Kura, May 22, 2016 at 6:58 pm

utsab-thapaliyaअचेल युवा निर्देशक उत्सव थपलियालाई चारैतिरबाट फोन आउछ । तपाई त कति छिट्टै निर्देशक बन्नु भएछ है ? फिल्म निर्देशन गर्दाको अनुभव कस्तो रह्यो त ? अचेल पत्रकार देखि साथीभाईबाट यही प्रश्नको सामना गरिरहेका हुन्छन् उनी ।

१९ वर्ष मात्र थिए उत्सव फिल्म निर्देशनका लागि जानी नजानी हात हाल्दा तर उनलाई दुई वर्षको अवधिले कलाकार सँग घुलमिल मात्र गराएको छैन एक्सन कट भन्नका लागि समेत कन्फिडेन्स विल्डअप गराएको छ । यी युवा निर्देशकले पहिलो पटक निर्देशन गरेको फिल्म ‘बेस्ट फ्रेन्ड फर एभर’ आउदो शुक्रबार अर्थात जेठ १४ बाट अल नेपाल रिलिज हुँदैछ । यसैका निमित्त अचेल उनका दिनचर्या मिडिया पिपुलसँग भेट गर्ने अन्तर्वार्ता दिने जस्ता कार्यमा व्यतित हुन्छ ।

फिल्मीकुरा सँग गफगाफ गर्दै उत्सवले भनेका छन्, ‘घोडा चढ्ने मान्छे लड्छ । हो मेरो पहिलो प्रयास हो । तर म यहाँ देखिनका लागि मात्र आएको होइन यही क्षेत्रमा निरन्तर केही गर्ने प्यासनले डो¥याउदा फिल्म निर्देशन तर्फ केन्द्रित हुन पुगे ।’

ad-by-bf
साथीको महत्व दर्शाउने यो फिल्मले युवाको कथा पेश गर्छ । ग्याङ्गस्टारबीचको लफडा, युवाको सपना चाहना अनि सँगै लभ र रोमान्सले भरिएको यो फिल्ममा अधिकांश नयाँ अनुहारको अभिनय हाबी रहेको छ । निर्देशक उत्सवले यो फिल्मबाट धेरै कुरा सिक्ने मौका पाएको बताउँदै हल जाने दर्शकलाई निराश नबनाउने दाबी समेत गरेका छन् ।

फिल्ममा सौरभ चौधरी, मनिष न्यौपाने, सन्दिप घिमिरे, पिंकी शेर्पा, साधना भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)