बुद्धलाई राम्रो प्रतिक्रिया, फिल्म हेर्नेले भने, ‘राष्ट्रियताले मन छोयो’


Filmy Kura, May 23, 2016 at 12:28 pm

ramit-dhunganaनायक रमित ढुंगाना निर्मित तथा अभिनित फिल्म ‘बुद्ध वर्न इन नेपाल’लाई राम्रो प्रतिक्रिया मिलेको छ । जेठ ७ बाट अल नेपाल प्रदर्शन आरम्भ गरेको फिल्मले दर्शकको मन जितेको छ ।

फिल्मीकुरा सँगको टेलिफोन संवादमा नायक तथा फिल्मका प्रस्तुतकर्ता रमितले भनेका छन्, ‘जति पनि फिल्म हेर्ने दर्शक हुनुहुन्छ उहाँहरुले फिल्मलाई मन पराउनु भयो । साथै राष्ट्रियताले मन छोएको कुरा दर्शकबाट सुन्न पाए । मैले गरेको काम प्रति सेल्युट भनेका छन् दर्शकले ।’

फिल्म हेरिसकेपछि प्राय दर्शकले नेपालको झण्डा किनेको कतिले त दउरा सुरुवाल सिलाएर लगाउने समेत प्रतिवद्धता व्यक्त गरेको नायक रमितको भनाइ छ । पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फिल्म बनेको बताउदै उनले नेपाल मात्र नभई अन्य विभिन्न देशमा समेत फिल्म देखाउने तयारी भइरहेको बताएका छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित यस फिल्ममा रमित सँगै अमित ढुंगाना, अशिष्मा नकर्मी, मिथिला शर्मा, नीर शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)