नेपाल पछि रोल्पा रोग फैलिएर सिड्नी र मेलबर्नमा


Filmy Kura, May 23, 2016 at 4:51 pm

rolpa rogव्यापारिक रुपमा नेपाल रिलिज लाभदायक नदेखिए पनि ‘रोल्पा रोग’ फैलिदै सिड्नी र मेलबर्नमा पुग्ने भएको छ । यी दुई शहरमा बस्ने नेपालीको लागि खुसीको खबर द्धन्द्ध कालिन समयमा रोल्पा जिल्लाले के कस्तो भोगाई खेप्नुप¥यो अब पर्दामा हेर्न पाउनेछन् ।

आउदो जुन ४ तारिखका दिन सिड्नीको सिभिक थिएटरमा यो फिल्मको च्यारिटी शो हुँदैछ । यता मेलबर्नमा भने जुन १२ तारिखका दिन फिल्म शो गरिने निर्देशक दीपक ओलीले फिल्मीकुरालाई बताए । हिमाली कल्चरल ग्रुपको प्रस्तुतिमा मेलबर्नमा हुने शो मा नेपालीले यो फिल्म हेर्दै दोहोरी र डान्समा समेत रम्न पाउने भएका छन् । आयोजकले यहि खालको व्यवस्था मिलाएको छ ।

फिल्मलाई बाहिरी देशमा लगि देखाउने अवसर जुट्दा निर्देशक ओलीमा खुसी छाएको छ । निर्देशनको हिसाबले समेत यो उनको पहिलो प्रयास हो । फिल्ममा कुल्दिप अधिकारी, जनक घर्ति मगर, बिनु खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?