निखिल नीताको जोडी निर्भयमा, गरियो निर्माण घोषणा


Filmy Kura, May 24, 2016 at 11:53 am

nikhil-nitaएक्सन स्टार निखिल उप्रेती र नायिका नीता ढुंगानाको प्रमुख भूमिका रहने फिल्म ‘निर्भय’ को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण गरिने जानकारी गराइएको हो ।

‘भैरव’ फिल्म निर्देशन गरी कमव्याक भएका निखिल अहिलेका व्यस्त नायकमा पर्छन् । यस फिल्ममा पनि उनको एक्सन रोमान्स दुवै दर्शकले हेर्न पाउनेछन् । फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गर्नेछन् ।

‘निर्भय’ मा नीताले निखिल सँग पहिलो पटक स्क्रिन सेयर गर्ने मौका पाएकी छिन् । उनले यो मौकालाई भरपुर उपयोग गर्ने समेत बताएकी छिन् । पछिल्लो समय नीता अभिनित फिल्मले व्यावसायिक असफलता व्यहोर्दा यसको असर उनलाई समेत प्रत्यक्ष पर्दा नीता यो कुरामा अब भने सचेत भएकी छिन् ।

नेपाली परिवेशमा हाल जे भइरहेको छ त्यही कुरालाई फिल्ममा देखाउने कोसिस रहने निर्माण पक्षले बताएको छ । फिल्ममा हिमाल केसीको द्धन्द्ध, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संयुक्त रुपमा संगीत रहनेछ ।

निर्माण पक्षले फिल्म आउदो मंसिर महिनामा रिलिज गरिने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)