बैशाख १२ लाई झल्काउने कम्पन, हुँदैछ असार ३ मा रिलिज


Filmy Kura, May 24, 2016 at 12:17 pm

kampanगत वर्ष बिर्सन नसकिने गरी गएको बिनाशकारी भूकम्पलाई अब दर्शकले पर्दामा नियाल्न पाउने भएका छन् । ‘कम्पन’ नाम दिइएको फिल्ममा बिनाशकारी भूकम्पका मात्र सन्दर्भ होइन यसलाई मसलेदार बनाउन विभिन्न प्रयोग समेत गरिएको निर्माण पक्षले दाबी गरेको छ ।

‘कम्पन’ आगामी असार ३ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । दिक्षा फिल्म क्रियशनको व्यानरमा अर्नभ बस्नेत प्रस्तुत यो फिल्म प्रचार प्रसारमा उत्रदैछ । फिल्ममा राजेश ढंगाना, राजेन्द्र बस्नेत, पुस्कर राउत, अनु पराजुलीको प्रमुख भूमिका रहेको छ । राजेश निर्मित अभिनित ‘आवारा’ केही समय अघि रिलिज भएको थियो । ‘आवारा’ ले गरेको व्यापारबाट सन्तुष्ट राजेशले ‘कम्पन’ हेर्न लायक फिल्म भएको फिल्मीकुरालाई बताए ।

फिल्मका अर्का कलाकार राजेन्द्र पनि फिल्मको प्रचार प्रसारका लागि के कसरी प्रस्तुत हुने योजना बनाइरहेका छन् । उनले एक भेटमा भने, ‘फिल्मको नाम कम्पन भए पनि हामीले यसमा भूकम्पका मात्र प्रसंग जोडेका छैनौ । फिल्मलाई कमर्सियल बनाउन आवश्यक पर्ने सबै मसला कम्पनमा राम्रै सँग हालेका छौ ।’

ओम सुनारले संगीत दिएको फिल्मको गीतलाई अविनाश थापाले गाएका छन् । दिनेश पौडेल निर्देशित फिल्मका लगानीकर्ता अन्चिला केसी र सीताराम तिमल्सिना  हुन् ।

यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)