किन गरे मायाको यो हृदयबिदारक गीत, हेर्नुस् मन छुन्छ


Filmy Kura, May 24, 2016 at 12:46 pm

kin-gare-mayaफिल्म रिलिजको पूर्व सन्ध्यामा ‘किन गरे माया’ को निकै हृदयबिदारक गीत सार्वजनिक गरिएको छ । जेठ १४ रिलिज फिल्मको यो गीत निकै मन छुने बनेको छ । दिलकुमार प्यासी प्रस्तुत यस फिल्मलाई नव निर्देशक रमेश बोगटीले निर्देशन गरेका हुन् ।

अभि फिल्मस्को व्यानरमा हिरालाल घलान निर्मित ‘किन गरे माया’ मा आयुष रेग्मी, सन्जु सिलवाल, सरु घलान, हरिश तिमल्सिना लगायतका कलाकारले अभिनय गरेका छन् । सार्वजनिक गीतमा मनिषा पोखरलेको स्वर रहेको छ । महेश खड्काले संगीतबद्ध गरेको यो गीतमा शब्द रचना भने दिप्तेन्द्र बभिनको रहेको छ ।

लभस्टोरी र एक्सन समिश्रित यस फिल्ममा शंकर महर्जनको द्धन्द्ध तथा दिभ्य सुवेदी र निरज कंडेलको संयुक्त छायांकन रहेको छ ।

हेर्नुस् गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)