निर्देशकले सुरु गरे फेसबुकमा प्रचार, हरेक जोडीले हेर्नुपर्ने लालजोडी


Filmy Kura, May 24, 2016 at 1:21 pm

laxman-subediअचेल चलचित्र पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी हरेक चलचित्रकर्मीको फेसबुक पोस्टमा एउटै प्रकारको कमेन्ट गरिरहेका हुन्छन् । उनले गर्ने कमेन्ट यस्तो प्रकारको हुन्छ, ‘वाउ…क्या दाम्मी…ओके, राम्रो छ त । तर, भदौ १७ गतेदेखि चाहि लालजोडी हेर्न हल हलमा जाउ है ।’

सुटिङ सकाएर धमाधम पोस्टप्रोडक्शनको काम भइरहेको उनी निर्देशित फिल्म ‘लालजोडी’ भदौ १७ गते देखि अल नेपाल रिलिज हुँदैछ । पत्रकारिता क्षेत्र अंगाल्दै फिल्म निर्देशनमा हात हालेका लक्ष्मणको यो दोस्रो फिल्म हो । उनले यस अघि ‘एउटा साथी’ फिल्म निर्देशन गरेका थिए । फिल्मले वाउ क्या दाम्मी भन्ने किसिमको व्यापार नगर्दा निर्माताले भने ठाडै घाटा व्यहोरेका थिए ।

यस फिल्ममा भने उनले निर्देशन मात्र हैन निर्माण देखि गीत लेखन सम्मको जिम्मेवारी सम्हालेका छन् । जेठ महिना देखि फेसबुक प्रचारमा तिब्रता दिएका लक्ष्मणको यो फिल्म हरेक जोडीले हेर्नै पर्ने फिल्म बनेको बताएका छन् । तथापी जोडी नभएकाहरुका लागि पनि फिल्म मनोरञ्जनको खुराक त हुँदैनी हो ।

‘लालजोडी’ मा उनले कमेडी पाटोलाई बढी फोकस गरेका छन् । ज्योति काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ, पुरन थापा लगायतका कलाकारको अभिनय यस फिल्ममा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार