शिवको बागमतीमा देखिएको कमजोरी एक्सनमा सुधार


Filmy Kura, May 24, 2016 at 2:19 pm

shiva shresthaकेही समय पहिले रिलिज भएको फिल्म ‘बागमती’ मा अभिनेता शिव श्रेष्ठलाई गलत किसिमले प्रयोग गरे भन्नेहरु धेरै सुनिए । फिल्म फ्लप भयो शिव मात्र होइन अर्का राजेश हमाल समेत नराम्रो गरी आलोचित भए ।

वर्षौ देखि नेपाली फिल्ममा योगदान दिदै आएका व्यक्तिबाट दर्शकले धेरै आशा राख्नु नौलो पनि होइन । ‘बागमती’ रिलिज पूर्व शिवले दक्षिण भारतीय निर्देशक सन्नी सँगको काम मेरो लागि विशेष रह्यो भन्दै पनि हिडे तर फिल्म फ्लप भएपछि आफूलाई खास किसिमको रोल नदिएर फसाइयो भन्ने अभिव्यक्ति पनि दिए । तर जे जस्तो भएपनि उक्त फिल्मबाट सिकेको पाठ उनका लागि विशेष रह्यो । अब भने उनै शिव अभिनित फिल्म ‘एक्सन’ जेठ १४ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

फिल्म निर्माण पक्षले शिवलाई उल्लेख्य स्पेश दिएर ‘एक्सन’ मा प्रस्तुत गरेको बताएको छ । निर्देशक राजु अर्यालले यो फिल्मले शिवको क्रेजलाई फर्काउने समेत दाबी गरेका छन् । शिव सँगै स्क्रिन सेयर गरेका अर्का नायक प्रमोद दीपले ‘बागमती’ मा देखिएको कमजोरी ‘एक्सन’ सुधारिएको बताए ।

फिल्ममा प्रमोद दीप डबल रोलमा देखिएका छन् । अन्याय विरुद्ध लड्ने पात्रको चरित्रमा देखिएका प्रमोदले यो फिल्ममा द्धन्द्धको नयाँ प्रयोग गरेको समेत बताएका छन् । उनी मार्सल आर्टका खेलाडि समेत हुन् । फिल्म कस्तो बनेको छ त्यो त आगामी शुक्रबार सम्म कुर्नुको विकल्प छैन । यद्धपि एक्सन रुचाउने दर्शकका लागि भने यो फिल्म हेर्न लायक बनेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।

चिरायु फिल्मस्को व्यानरमा निर्माण भएको ‘एक्सन’ मा शिव र प्रमोद सँगै नायिका जेनिशा केसीको प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार