रिलिज पर्खदै मेन्टल, देशको समसामयिक विषय उजागर


Filmy Kura, May 24, 2016 at 2:43 pm

mental filmसुदन धितालले लगानी लगाएको फिल्म ‘मेन्टल’ ले देशको समसामयिक विषय उजागर गरेको छ । वेरोजगारी देखि अस्थिर राजनीतिको माहोलमा एक योग्य र शिक्षित युवा कसरी रुमलिन्छ फिल्मले प्रस्तुत गरेको निर्माण यूनिटले फिल्मीकुरालाई जानकारी गराएको छ ।

फिल्म आउदो जेठ २१ गतेदखि रिलिज हुँदैछ । फिल्म रिलिजको संघारमा आइपुग्दा समेत निर्माण यूनिटले पर्याप्त प्रचार प्रसार भने गरेको छैन । हुन त कम बजेटमा फिल्म निर्माण भएकाले जति हल पाउछ त्यसबाटै लगानी सम्म रिकभर होला कि भन्ने आश निर्माताले बोकिरहेका छन् । फिल्ममा त्यस्ता स्टारकास्ट नभएपनि केही प्रतिभा भएका नव अनुहारलाई खेलाइएको छ ।

प्रथम खड्का, पुजा भट्ट, सुरविर पण्डित, मदन सिटौला, हरि क्षेत्री लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् । कलाकार मात्र नयाँ होइन निर्देशक समेत फिल्ममा नयाँ नै रहेका छन् । फिल्मका क्याप्टेन सरोज पौडेल हुन् । अर्जुन पोखरेल र राजन मंगरले फिल्मको गीतमा संगीत भरेका छन् ।

ट्रेलर हेर्नुस् यस्तो छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)