नारी बनेका राजेशको स्वर भने पुरुषकै, सकुन्तला टिजर आउट


Filmy Kura, May 25, 2016 at 9:56 am

rajesh-hamalपहिलो पटक महानायक राजेश हमाल नारी चरित्रमा रहेको फिल्म ‘सकुन्तला’ को टिजर यूट्युवमा आउट गरिएको छ । एक दिनमै १० हजार भ्यूअर्सले हेरेको यो टिजरमा नारी चरित्रमा रहेका राजेशको स्वर भने पुरुषकै सुन्न सकिन्छ ।

यो कस्तो खालको नारी हो टिजरले थप कौतुहलता थपेको छ । फिल्मलाई दीनेश श्रेष्ठले निर्देशन गरेका हुन् । स्क्रिप्ट र छायांकनको श्रेय समेत दीनेशले यो पटक लिदैछन् । भदौ ९ गते रिलिज हुने फिल्ममा लेडि राजेश सँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह, रवि गिरी, प्रदीप ढकाल, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

महेश्वर खत्रि र श्रिप्शा खत्रि निर्मित फिल्मलाई उपत्यकामा गोपाल कायस्थ तथा मोफसलमा एफ.डी. कम्पनीले वितरण गर्दैछ ।

हेर्नुस् राजेशको नारी रुप यस्तो छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)