पहिलो फिल्मको रिजल्ट नआउदै सौरभलाई चिट्ठा


Filmy Kura, May 25, 2016 at 12:22 pm

saurav-chaudhariनवनायक सौरभ चौधरी अभिनित पहिलो फिल्म ‘बेस्ट फ्रेन्ड फर एभर’ को रिजल्ट आउट नहुँदै केही निर्माताले उनलाई नेक्स्ट प्रोजेक्टका लागि कुरा अगाडि बढाएका छन् । जेठ १४ गते उनको डेव्यू फिल्म रिलिज हुँदैछ ।

सौरभले फिल्मीकुरा सँग भने, ‘मेरो डेव्यू फिल्ममा एक ग्याङस्टारको लिडर त्यो पनि रिसाहा टाइपको भूमिका छ । अन्य दुई युथ ओरिएन्टेड फिल्मका लागि कुरा भइरहेको छ । निकै खुसी लागेको छ ।’

‘बेस्ट फ्रेन्ड फर एभर’ फिल्मबाट धेरै आशा रहेको बताउदै उनले यो फिल्मले टर्निङ प्वाइन्टको रुपमा काम गर्ने भनाई राखे । उनले थपे, ‘म निरन्तर नेपाली फिल्म कै लागि तत्पर रहनेछु । अरु फिल्मका लागि कुरा अघि बढेको छ यो कुराले थप उत्साह मिलेको छ ।’

उत्सव थपलिया निर्देशित यो फिल्ममा सौरभ सहित मनिष न्यौपाने, सन्दिप घिमिरे, पिंकी शेर्पाको प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)