छायाँमा पारिएका कलाकारलाई प्राथमिकता


Filmy Kura, May 26, 2016 at 12:36 pm

gajalu-posterयस अघि ‘गाजलु’ निर्माण यूनिटले युथ हिरो अनमोल केसी र नव नायिका सृष्टि श्रेष्ठलाई मात्र पोस्टरमा हाइलाइट गर्दै आए पनि फिल्म रिलिजको संघारमा भने सबै कलाकारलाई अटाउने प्रयास स्वरुप एक पोस्टर सार्वजनिक गरेको छ । हुन त अनमोलको तस्बिर प्रायोरिटीमा राख्दै दर्शक हल तान्ने अचुक उपाय पनि निर्माण पक्षले रचेको हुनुपर्छ । यद्धपि अन्य कलाकारलाई पाखा किन लगाइयो भन्ने प्रश्नको सामना गर्दै आइरहेको यो टोलिले अन्तत अन्य कलाकारलाई पनि प्राथमिकतामा राखेको हो ।

समावेशी देखिने यो पोस्टरमा अनमोलकै सहकर्मी अन्य दुई युथ तथा इनर्जेटिक हिरो सलोन बस्नेत र गौरव पहारी सँगै ‘रेशम फिलीली’ हिरोइन मेनुका प्रधानलाई देख्न सकिन्छ । ‘होस्टेल’ र ‘जेरि’ फिल्मबाट तारिफ बटुलेका सफल निर्देशक हेमराज विसीले ‘गाजलु’ निर्देशन गरेका हुन् । जेठ २८ रिलिज फिल्मलाई रोहित अधिकारीले लगानी लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार