असार १७ मा ऋषिको लाले, नयाँ कलाकार हाबी


Filmy Kura, May 26, 2016 at 1:03 pm

lale-filmएक्सन र लभ मिसाएर मसलेदार फिल्म निर्देशन गर्नमा अब्बल ऋषि न्यौपाने निर्देशित अर्को फिल्म ‘लाले’ आउदो असार १७ गतेदेखि रिलिज हुँदैछ । फ्रन्टमा कम देखिने तर रेगुलर फिल्म निर्देशन गरिरहने व्यक्तिमा पर्छन् न्यौपाने । उनले यो पटक नयाँ कलाकारलाई बढी प्राथमिकता दिएका छन् ।

चार जना दाजु भाई र उनीहरु बीच आउने खटपटिलाई फिल्मले रमाइलो ढंगबाट देखाउन खोजेको छ । फिल्ममा सुरविर पन्डित, केदार ढुंगाना, उषा खनाल, दीनेश केसी, दीपेशराज पाण्डे, दावा लामा आदि कलाकारले अभिनय गरेका छन् ।

फिल्मको शीर्ष भूमिकामा रहेका केदार ढुंगाना निर्मित ‘लाले’ मा कुमार महर्जनको द्धन्द्ध, पवन गौतमको छायांकन, दीपक अधिकारीको लेखन रहेको छ । यतिबेला निर्माण यूनिट फिल्म प्रचारमा लागिपरेको छ ।

हेनुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)