हल हलमा तीन फिल्म


Filmy Kura, May 27, 2016 at 12:11 pm

action filmआज जेठ १४ गते शुक्रबार तीन नेपाली फिल्मले विधिवत् प्रदर्शनीको थालनी गरेका छन् । ती तीन फिल्म हुन् एक्सन, बेस्ट फ्रेन्ड फर एभर र किन गरे माया ।

शिव श्रेष्ठ स्टारर फिल्म हो एक्सन । मार्सल आर्टका खेलाडि समेत रहेका प्रमोद दीप नायिका जेनिशा केसी र शिव श्रेष्ठ लिड रोलमा रहेको एक्सनलाई राजु अर्यालले लेखन निर्देशन गरेका हुन् । अन्याय अत्याचार विरुद्ध संघर्ष गर्ने पात्रलाई फिल्मले एक्सन फिल्म मार्फत देखाउन खोजेको छ ।

यस्तै साथीको महत्व दर्शाउने फिल्म बेस्ट फ्रेन्ड फर एभर पनि आज बाटै रिलिज मैदान उत्रेको छ । उत्सव थपलिया निर्देशित यस फिल्ममा ग्याङस्टारको कथा समावेश छ । युवा लक्षित फिल्ममा सौरभ चौधरी, मनिष न्यौपाने, सन्दिप घिमिरे, पिंकी शेर्पा लगायतका कलाकारले अभिनय गरेका छन् ।

उता लभस्टोरी फिल्म किन गरे माया पनि आदेखि देशव्यापी प्रर्दनमा आएको छ । शुक्रबार बिहान बिग मूभिजमा फिल्मको विशेष शो समेत गरिएको थियो । जहा फिल्म सँग सम्बन्धित विभिन्न अतिथि तथा सञ्चारकर्मीले एक साथ किन गरे मायालाई पर्दामा नियालेका थिए । दिलकुमार प्यासी प्रस्तुत फिल्ममा हिरालाल घलानले लगानी लगाएका छन् । आयुष रेग्मी, सन्जु सिलवाल, सरु घलान लगायतका कलाकार प्रमुख भूमिका रहेको यस फिल्मलाई रमेश बोगटीले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)