प्रोडुसर विवादले मेन्टल रिलिज स्थगित, जेठ २१ बाट पछि हट्दै असोज १४ मा


Filmy Kura, May 30, 2016 at 1:02 pm

film mentalप्रोडुसर विवादले फिल्म ‘मेन्टल’को रिलिज स्थगित भएको छ । जेठ २१ रिलिज गर्ने भनिएको फिल्मको पर्याप्त पब्लिसिटी नभएको भन्दै लगानीकर्ताका एकले यो फिल्मलाई पछि सारेका हुन् । पैसा हाल्ने अर्का सुदन धितालले यो कुराको पुष्टि गर्दै भने, ‘मैले जेठ २१ मै फिल्म चलाउने सम्पूर्ण तयारी गरिसके भन्दा उहाँले पब्लिसिटी पुगेको छैन । यो मितिमा रिलिज नगरौ भन्नुभयो अनि पछि हटेका हौ ।’

अब फिल्म असोज १४ गते रिलिज हुनेछ । शिक्षित तथा क्षमतावान भइकन देशको अस्थिर राजनीतिका कारण आम युवा मानसिक रोगी हुन परेको सन्दर्भ फिल्मले उठान गरेको छ । सरोज पौडेल निर्देशित फिल्ममा प्रथम खड्का पूजा भट्ट, सुरविर पन्डित लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)