प्रियंकाले मर्काएको कम्मरलाई दुई दिनमा दुई लाखले हेरे


Filmy Kura, May 30, 2016 at 2:24 pm

priyanka-karkiकमेडी फिल्म ‘छक्का पन्जा’को सार्वजनिक ‘पूर्व पश्चिम रेल’ बोलको गीतलाई दुई दिनमा करिब दुई लाख भ्यूअर्सले यूट्युवमा हेरेका छन् । प्रियंका कार्कीले मर्काएको कम्मर धेरैलाई मन परेको छ । प्राय कमेन्ट गर्नेले गीत हेरेर एकदमै आनन्द आएको र फिल्म रिलिजको पर्खाइमा रहेको लेखेका छन् ।

अघिल्लो सिरिज ‘वडा नम्बर छ’ मा समावेश ‘सुर्के थैली’ प्याटन कै यो गीतमा प्रियंका सहित दीपकराज गिरी, केदार घिमिरे माग्ने ‘बुढा’, जितु नेपाल, वर्षा राउत फिचरिङ छन् । जति गीतको अडियो सुन्दर बनेको छ त्यति नै सिनेमेटोग्राफर पुरुषत्तम प्रधान र कोरियोग्राफर कविराज गहतराजले यसलाई अझ हेर्नको लागि लायक बनाएका छन् भिडियो मार्फत ।

राजन राज शिवाकोटीको शब्द तथा संगीतमा तयार गीतमा आवाज पुरुष तर्फ स्वयम राजन कै सुन्न सकिन्छ भने आधुनिक गायनमा नम्बर वान गायिका अन्जु पन्तले महिलातर्फ सुरिलो स्वर मिसाएकी छिन् ।

हास्य अभिनेत्री दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको यो फिल्मको गीतले ‘सुर्के थैली’ जस्तै बजारमा चर्चा बटुल्न सुरु गरिसकेको छ । फिल्म भने आउदौ भदौ २४ गते रिलिज गरिने निर्माण पक्षले जनाएको छ । ‘छक्का पन्जा’ मा दीपकराज गिरी, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ, प्रियंका कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

तपाईलाई पनि आनन्द आउन सक्छ हेर्नुस् गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार