४ वर्षपछि हाकु कालेको यस्तो रुप, बैंक लुट्ने गिरोह के लुट्दैछन् यो पटक ?


Filmy Kura, Jun 1, 2016 at 1:28 pm

saugat mallaतपाई माझ निकै परिचित हाकु काले चार वर्ष पछि देखिदैछन् । यो चार वर्षको अवधिमा उनमा पनि धेरै परिवर्तन आइसकेको छ । हाकु काले  उर्फ् उनै सौगात मल्ल ।
हो सन् २०१२ को हिट फिल्म ‘लुट’ को सिक्वेलमा हाकु काले मात्र होइन अधिकांश कलाकार दोहोरिदैछन् । ‘लुट’ २ को सुटिङ अगावै टिजर भने सार्वजनिक गरिएको छ । फागुन १३ गते दर्शकको मन लुट्न तम्सिएको यो फिल्मको सार्वजनिक टिजरमा हाकु काले अर्थात सौगातलाई निकै प्रायोरिटीका साथ प्रस्तुत गरिएको छ । त्यसो त गोफ्ले अर्थात दयाहाङ राई पनि टिजरमा छाएका छन् ।

यी दुवै जनाको भाग्य यहि फिल्मले बदलिदिएको थियो । अझ भनौ दया र सौगातलाई चिन्नेले सुरुमा ‘लुट’ झट्ट सम्झन्छन् । कलाकारको मात्र होइन निर्देशकको समेत करियरलाई माथि उठाउन सफल ‘लुट’ को कुरा गर्दा केही फरक गर्न रुचाउने युवा निर्देशक निश्चल बस्नेत भुल्न नहुने अर्को नाम हो ।

मंगलबार टिजर सार्वजनिक समारोहलाई सम्बोधन गर्दै निश्चलले भने, ‘लुट फिल्ममा हामीले जे देखाउन खोज्यौ त्यो सन् २०१२ कै सेरोफेरो र घटनामा केन्द्रित थियो । अब लुट २ मा चार वर्ष पछि तिनै पात्रमा बदलिदो समाज सँगै के कस्तो सोच र धारणामा परिवर्तन आयो त्यहि कुरा देखाउने छौ ।’

उनले यो अवधिमा भूकम्प र नाकाबन्दिको सामना गर्नुपरेकाले यो कुरा पनि फिल्ममा अटाउने बताएका छन् । अघिल्लो सिरिजमा बैंक लुट्ने गिरोहले यो पटक बदिलो सोच इच्छा आंकाक्षा सँगै के लुट्ने हुन् त्यसको लागि त फिल्म नै कुर्नुपर्नेहुन्छ ।

फिल्मलाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा मिलेर निर्माण गर्दैछन् । ‘लुट’ मा सहकार्य गरेर चम्किएका यी दुई बीचमा छुट्टिएका थिए । तर माधव वाग्लेले पुनः विचार मिलेकोले एक भएको बताएका छन् । तथापी नरेन्द्र फिल्म विरण कम्पनी एफडी र माधव पपकर्नमा आबद्ध भएर काम गरिरहेका छन् । यो फिल्मलाई भने पपकर्नले नै वितरण गर्नेछ ।

‘लुट २’ मा सौगात र दयाहाङका अलवा कर्मा, ऋचा शर्मा, सुशील राज पाण्डे, प्रविण खतिवडा, विपिन कार्कीको अभिनय रहनेछ । अन्य कलाकारहरु चयन हुन बाँकी छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । यसअर्थ पहिलाकै टिम यसमा दोहोरिएका छन् ।

पहिलाको जस्तै हिट होला त ?  टिजर हेरेर मुल्याङ्कन गर्नुस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)