रेखा थापाको स्वरमा लालजोडी गीत युट्युबमा सर्वत्र


Filmy Kura, Jun 1, 2016 at 2:41 pm

timthumbरंग पत्रकार लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘लालजोडी’ को गीत रिलिज भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतको हाललाई भने अडियो भर्सन मात्र सुन्न सकिन्छ । जुकबक्समा चारवटा गीत समावेश छन् ।

तीन वटा गीतमा निर्देशक सुवेदीकै शब्द रचना छ भने अर्को एक गीतमा दिनेश सुवेदीले शब्द कोरेका छन् । संगीत भने टंक बुढाथोकी, विक्रम राई, थानेश्वर गौतम र सन्तोष श्रेष्ठले दिएका छन् । चार गीतमा फरक चार संगीतकारको संगीतले गीत फरक फरक बनेका छन् ।
नायिका रेखा थापाले समेत एक गीतमा स्वर दिएकी छिन् । उनको अपोजिटमा गायक प्रल्हाद तिमल्सिनाको स्वर सुन्न सकिन्छ । अन्य गीतमा राजेशपायल राई, मनिषा पोखरेल, युवराज चौलागाई, ज्योति काफ्लेको स्वर समावेश छ ।

आगामी भदौ १७ रिलिज लक्ष्य राखेको फिल्ममा ज्योति काफ्ले, बुद्धि तामाङ, पुरन थापा, रजनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)