तेक्वान्दोको सुन्दर पक्ष रिलेसनमा


Filmy Kura, Jun 2, 2016 at 1:31 pm

dipendra dahalफिल्म ‘रिलेसन’ मा तेक्वान्दो खेलको सुन्दर पक्ष देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ । बुधबार सञ्चारकर्मी तथा पत्रकारलाई फिल्मको ट्रेलर र गीत देखाउदै विषयवस्तु प्रति निर्माण यूनिटले अझ प्रष्ट पारेको हो ।

फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र दाहालले भने, ‘हामीले हाम्रै समाजको घटना र वस्तुस्थितिलाई रिलेसनमा अटाएका छौ जहाँ तेक्वान्दो खेल आत्म रक्षाका लागि आवश्यक छ भन्ने प्रत्याभुत समेत गराउने प्रयास गरेका छौ । ९ खण्डको कथा फिल्ममा तपाईले देख्न सक्नुहुन्छ । एउटै समाजमा बस्ने मानिसले अर्काको हत्या गर्छ । हत्या हिंसा नगरौ भन्ने सन्देश समेत फिल्मले दिन खोजेको छ ।’

यता फिल्ममा अभिनय गर्ने कलाकार सुशील पोखरेलले भने ‘रिलेसन’ले उठाएको विषयवस्तु पृथक भएकाले काम गर्न इन्ट्रेष्ट जागेको बताए । उनले थपे, ‘मैले थुप्रै फिल्ममा अभिनय गरे तर यसमा केही भिन्न स्वाद तपाईले पाउन सक्नु हुनेछ ।’

अर्की अभिनेत्री गीता अधिकारी पनि फिल्मबाट निकै आशावादी छिन् । प्राय गाउले चरित्रमा देखिने उनी यसमा पनि सोही प्रकारको चरित्रमा देखिएकी छिन् । तेक्वान्दोलाई नै मुख्य विषय नबनाए पनि यस फिल्मले समाजको रक्षाका लागि यो खेल आवश्यक रहेको तथ्यलाई पुष्टि गर्न खोजेको छ ।

दीवाकर महर्जन निर्मित फिल्म आगामी असार १० देखि देशभर प्रदर्शनमा आउदैछ ।

ट्रेलर हेर्नुस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)