ड्रिम्स पाइरेसीकर्ता प्रहरी नियन्त्रणमा


Filmy Kura, Jun 2, 2016 at 1:48 pm

anamol kcहिट फिल्म ‘ड्रिम्स’ पाइरेसी गरेको अभियोगमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विधान गुरुङ र चन्द्र नवाजु नाम गरेका व्यक्तिलाई अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले पाइरेसी प्रकरणमा संलग्नता रहेको पुष्टि गर्दै नियन्त्रणमा लिएको हो ।

यी दुवै जना हाईलाइट्स नेपालमा आवद्ध छन् । ‘ड्रिम्स’ फिल्मको भिसिडी तथा युट्युब अधिकार लिएको कम्पनी हाईलाइट्सले नै पाइरेसी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।

‘ड्रिम्स’ पाइरेसी भएपछि फिल्मका निर्माता तथा निर्देशक भुवन केसीले एक करोड क्षतिपूर्तिको माग गर्दै उजुरी दर्ता गराएका थिए । उजुरी पर्ना साथ प्रहरी अनुसन्धानमा खटिएको थियो । अब कानुन सम्वत दोषीलाई कस्तो कारवाही हुने हो त्यो भने हेर्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)