मल्टिप्लेक्समा कालो पोथी वर्चश्व, देशभर छेस्को


Filmy Kura, Jun 3, 2016 at 12:37 pm

kalo-pothi-chheskoशुक्रबार देखि प्रदर्शन थालनी गरेको ‘कालो पोथी’ फिल्मको काठमाडौंका मल्टिप्लेक्स हलमा वर्चश्व देखिएको छ । टिपिकल नेपाली परिवेशको यो फिल्मको बिहानी शो निकै सन्तोषजनक देखिएको छ ।

कर्णाली भेगको संस्कृति अनि संस्कार सँगै त्यहाको भाषा शैलीलाई द्धन्द्धकालिन समयको घटनाक्रम सँग मिलाएर फिल्ममा प्रस्तुत गरिएको छ । दुई बालक फिल्मका हिरो हुन् । मिन बहादुर भाम निर्देशित यो फिल्ममा खड्का राज नेपाली, सुक्रराज रोकाया, जीत बहादुर मल्ल, बेनिशा हमाल, नन्द प्रसाद खत्रिको फिल्ममा अभिनय रहेको छ । रिलिज पूर्व बुधबारको दिन फिल्मको गला प्रिमियर कुमारी हलमा गरिएको थियो । जहा फिल्म सम्बद्ध व्यक्तित्व तथा सञ्चारकर्मीको उपस्थिति थियो । फिल्म हेरेपछि प्रायले नयाँ स्वाद पस्कन खोजेको प्रतिक्रिया दिएका थिए ।

यता आजैका दिनबाट ‘छेस्को’ फिल्मले पनि देशभर प्रदर्शन आरम्भ गरेको छ । सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको यो फिल्मलाई १६ वर्ष मुनिका दर्शकले हेर्न पाउने छैनन् । पोर्न स्टार बन्ने सोच पालेकी अर्चना पनेरु अभिनित यो फिल्मले ८० हलबाट एकसाथ प्रदर्शन थालेको निर्माण पक्षले जनाएको छ ।

त्यसो त कमैलाई थाहा होला यो फिल्म मेरी बास्सै हास्य टेलिशृङ्खलामा अभिनय गर्ने दर्शने पात्रले परिचित सुरेश थापा निर्देशित हो भनेर । आफ्नो बनेको इमेज नि गुम्ने डरले निर्देशक गुपचुप बसेका थिए । यस अगाडि अभिनय सँगै म्युजिक भिडियो निर्देशनमा सक्रिय सुरेशको यो डेव्यू फिल्म हो । फिल्म रिलिजपूर्व गरिएको प्रेस मिटमा चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई आएर दिएको शुभकामना समेत निकै विवादित बनेको थियो । यस अगाडि उनै अर्चना अभिनित फिल्म जिस्म् सुटिङ हुदा पोर्न स्टार बन्छु भनेरमा समाजलाई अपाच्य हुने भनाइ राख्दै हिड्ने अर्चनालाई फिल्ममा स्थान दिएको प्रति आपत्ती जनाउने राजकुमार केही दिन अघि भने शुभेच्छा शब्द बाड्न पुगेका थिए ।

यो फिल्ममा अर्चना पनेरु, करण श्रेष्ठ क्रेजि र राजन कार्कीको प्रमुख भूमिका रहेको छ । सुरज प्रधान निर्मित फिल्मलाई उछृङखल फिल्मको संज्ञा दिइए पनि अन्नत यहि फिल्म हेर्न दर्शक ओेहिरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)