दर्शकले नोटिस गरे आयुषलाई, दोस्रो हप्तामा किन गरे माया


Filmy Kura, Jun 3, 2016 at 2:02 pm

aayush-regmiफिल्म क्षेत्रमा भविष्य खोज्दै गरेका नवनायक आयुष रेग्मीलाई पहिलो फिल्मले राम्रै सफलता दिलाएको छ । डेब्यू फिल्मबाट दर्शकमाझ नोटिस भएका उनले आगामी दिनमा यही क्षेत्रमा केही गर्ने हौसला मिलेको बताएका छन् ।

फिल्मीकुरा सँगको एक भेटमा आयुषले भने, ‘फिल्म हेर्ने सबैले राम्रो भनेका छन् । म यो क्षेत्रका लागि विल्कुल नयाँ थिए । तर उहाँहरुको माया र साथले अझ केही गर्ने जोश बढेको छ ।’

गीत संगीत र कथावस्तु सशक्त भएका कारण नयाँ कलाकार भइकन पनि फिल्मले दर्शकलाई हल सम्म तान्न सफल भएको थियो । तथापी केही दर्शकले अझ चलेका कलाकारले अभिनय गरेको भए फिल्म सुपर डुपर हिट हुन सक्ने सम्मको अनुमान गरेका थिए । नयाँ प्रतिभाले पनि खोट लगाउने ठाउँ नदिएकै कारण फिल्म आज देखि दोस्रो सातामा उक्लेको छ । अझ केही हलहरुमा ‘किन गरे माया’ सफलताको साथ प्रदर्शन भइरहेको छ ।

आयुषले थपे, ‘सुरुवात राम्रो भएको छ । लभस्टोरी एक्सन सबै खालका फिल्ममा मलाई भोलिका दिनमा देख्नुहुनेछ । यो यात्रालाई म निरन्तरता दिनेछु ।’

अडिसनबाट चुनिएका आयुषले यो सुनौलो अवसर प्रदान गरेकोमा फिल्मका निर्माण यूनिट सँगै हल सम्म आएर फिल्म हेर्ने दर्शक प्रति आभार प्रकट गरेका छन् । जेठ १४ गते तीन फिल्म एकैपटक जुध्नु आफैमा घाटाको विजनेश त थियो नै तथापी फरक फरक जनराका यी फिल्ममा ‘किन गरे माया’ ले प्रेम बाड्न सफल भएको छ ।

यो फिल्मलाई रमेश बोगटीले निर्देशन गरेका हुन् भने हरि घलानले निर्माण गरेका हुन् । दिलकुमार प्यासी प्रस्तुत यो फिल्ममा आयुष सँगै सन्जु सिलवाल, सरु घलान लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)