हा..हा..लुकामारीको प्यारोडी ट्रेलर, हेर्दा आउछ आनन्द


Filmy Kura, Jun 5, 2016 at 6:24 pm

lukamari parody trailerनेपाली फिल्मलाई त्यसमा पनि अझ अभिनेता सौगात मल्ल र कर्मा शाक्यलाई मन पराउने शुभचिन्तकले असार १० रिलिज फिल्म ‘लुकामारी’ को प्यारोडी ट्रेलर निर्माण गरेका छन् । युट्युबमा आज अपलोड भएको यो ट्रेलर यति हँसाउने बनेको छ की यसमा पनि निकै मिहेनत खर्चिएको सहज अनुमान लगाउन सकिन्छ ।

टिप्स तिवारी, दामोदर पौडेल, किशोर पराजुली लगायतका कलाकारले अभिनय गरेको प्यारोडी ट्रेलर दुरुस्तै ‘लुकामारी’ को फ्लेवर आउने खालको छ । यो ट्रेलरले समेत फिल्मलाई एकपट पर्दामा हेर्नै पर्ने जस्तो भाव सिर्जना गरिदिएको छ ।

श्री राम दाहालले निर्देशन गरेको कमेडी सस्पेन्स जनराको यो फिल्ममा नायक सौगात र कर्मा सँगै विक्रम सिंह थारु, सुरविना कार्की, रिस्ता बस्नेत, कृष्ण भक्त महर्जन लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?