श्रावण ७ मा आकाश र ज्योत्श्ना कै भर


Filmy Kura, Jun 7, 2016 at 7:00 pm

aakash-jyotshnaफिल्मका लागि त अनमोल केसीको नाम निकै फाप्यो तर अब व्यानरमा फाप्ला कि नफाप्ला त्यो अझै दुविधा नै छ । करिब महिना दिनको पर्खाइ हो त्यसपछि रिजल्टले बताउनेछ अनमोलको नाममा स्थापित भएको व्यानर कति सशक्त अनि कति कमजोर ।

अनमोल क्रियशनको पहिलो प्रस्तुति ‘म त तिम्रै हुँ’ मा नयाँ कै भर रहेको छ । यद्धपि ट्रेलर हेर्दा खोट लगाइ हाल्नु पर्ने ठाउँ भने त्यति दिएका छैनन् नयाँ कलाकारले । श्रावण ७ रिलिज फिल्ममा नव नायक आकाश श्रेष्ठ र नव नायिका ज्योत्श्ना योगी प्रमुख भूमिकामा छन् । त्यसो त यो फिल्मको निर्मात्री समेत रहेकी उनै अनमोल केसीको आमा सुस्मिता केसी समेत लिड रोलमा देखिएकी छिन् ‘म त तिम्रै हुँ’ मा ।
एउटा जेनेरेशन र अर्को जेनेरेशनको लभलाई फिल्ममा देखाउन खोजिएको छ । श्रीराम महत निर्देशित फिल्ममा हर्कुलस बस्नेतको संगीत, हिमाल केसीको द्धन्द्ध, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)