रमेश नाचेको गीत पछि ब्रासलेटको अर्को सशक्त गीत


Filmy Kura, Jun 8, 2016 at 1:50 pm

namrata sapkotaयस अगाडि तपाईले नायक रमेश उप्रेती छमछमी नाचेको ‘ब्रासलेट’ को गीत त हेरिसक्नु भएको छ । कतिको मुखमा त यो गीत झुन्डि पनि सकेको छ । पहिलाको निकै रमाइलो गीत पछि अर्को सशक्त गीत मंगलबार युट्युव मार्फत रिलिज गरिएको छ ।

पत्रकार शान्तिप्रियको शब्द रचनामा तयार गीतमा युवा गायक युवराज चौलागाई र दुर्गा परियारले स्वर दिएका छन् । प्रेम भाव बोकेको यो गीतमा संगीत दीपक शर्माले दिएका छन् ।

कलाकार समेत रहेका सफल निर्माता केशव भट्टराई निर्मित ‘ब्रासलेट’ बाटै नायक रमेश उप्रेतीको कमव्याक हुँदैछ । सार्वजनिक गरिएका गीत संगीतबाट केही आशा गर्न सकिने यो फिल्म भने दर्शकले हेर्नको लागि भदौ १७ सम्म प्रतिक्षा गर्नुपर्नेछ ।

‘चकलेट’ निर्देशक निर्मल शर्माको दोस्रो निर्देशकिय फिल्म ‘ब्रासलेट’ मा हिमाल केसीको द्धन्द्ध, गोविन्द राईको कोरियोग्राफि तथा सुदीप बरालको छायांकन रहेको छ ।

फिल्ममा रमेश उप्रेती, रजनी केसी, ऋतिक शाही र नम्रता सापकोटाको प्रमुख भूमिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)