धेरै विधामा प्रेमगीत, यस्तो छ फान अवार्डको उत्कृष्ट पाँच मनोनयन


Filmy Kura, Jun 10, 2016 at 12:42 pm

faan award dayahang raiनेपाल चलचित्र कलाकार संघले आगामी असार १८ गते पहिलो पटक आयोजना गर्न लागेको फान अवार्डको उत्कृष्ट पाँच मनोनयन बिहीबार सार्वजनिक गरेको छ । २४ विधामा वितरण गर्न लागिएको अवार्डमा ‘प्रेमगीत’ फिल्म सबैभन्दा धेरै विधामा समावेश भएको छ । १५ विधामा यो फिल्म पर्नु आफैमा आश्चर्य जनक त छनै तर वर्षकै उत्कृष्ट फिल्म ‘वडा नम्बर ६’ भने संवाद र निर्देशक विधामा मात्र परेको छ ।

उत्कृष्ट चलचित्रमा ‘कबड्डी कबड्डी, क्लासिक, पशुपति प्रसाद, प्रेमगीत र ड्रिम्स’ परेका छन् । यस्तै, उत्कृष्ट नायकको विधामा दयाहाङ राई(कबड्डी कबड्डी), खगेन्द्र लामिछाने(पशुपति प्रसाद), प्रदिप खड्का(प्रेमगीत), आर्यन सिग्देल(क्लासिक) र सौगात मल्ल(फन्को)बाट परेका छन् ।

उत्कृष्ट नायिकाको विधामा भने रिश्ता बस्नेत(रिफ्यूजी), केकी अधिकारी(भाग् सानी भाग), निता ढुंगाना(फूलै फूलको मौसम तिमीलाई), नम्रता श्रेष्ठ(क्लासिक) र प्रियंका कार्की(फन्को) चलचित्रबाट नोमिनेशनमा छन् ।

हेर्नुहोस् अन्य मनोनयन को–को परे ।

MG_7640

MG_7641


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार