हल भयो गाजलुमय, अनमोलको फ्यानको कमाल


Filmy Kura, Jun 10, 2016 at 1:06 pm

anamol kcआज शुक्रबार देखि देशभरका हल गाजलुमय भएको छ । बिहानी शोज हाउसफूल भएको निर्माता रोहित अधिकारीले बताएका छन् । ‘गाजलु’ का स्टार अनमोल केसीको फ्यानको कमाल भन्नुपर्छ दर्शक हल ओहिरिनुमा । उसो त यो फिल्मको कन्टेन्ट समेत यस अगाडि प्रदर्शन भएका फिल्म भन्दा नितान्त बेगल छ ।

पहिलो कारण कलाकारले हल तानेको दर्शकलाई यसको कन्टेन्टले फिल्म अवधिभर बाधेर राखेको देखिन्छ । बिहीबार गरिएको प्रिमियर शोजबाट उत्साहजनक प्रतिक्रिया बटुलेको ‘गाजलु’ ले हलमा हाउसफूल व्यापार गर्नुको पछाडि सोलो रिलिजको मौका पनि अर्को कारण हो ।

अनमोलको अलवा युथ हिरो सलोन बस्नेत र गौरव पहारी तथा द्धय नायिका सृष्टि श्रेष्ठ र मेनुका प्रधानपनि फिल्मलाई मसलेदार बनाउने अर्का सशक्त पात्र हुन् । हेमराज विसी निर्देशित फिल्मले शुक्रबार आक्रामक ओपनिङ गरेपछि अनमोललाई चौथो फिल्मी सफलता मिलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)