‘X–पार्क’को म्युजिक रिसर्चमा कालिप्रसाद


Filmy Kura, Jun 12, 2016 at 4:54 pm

kali-prasad-baskota‘पारी त्यो डाडामा हेर’ बोलको गीतबाट एकाएक चर्चामा आएका ‘रेशम फिलिली’ संगीतकार कालिप्रसाद बाँस्कोटा यतिबेला बरिष्ठ कलाकार नीर शाहले निर्माण गर्न लागेको फिल्म ‘X–पार्क’को म्युजिक रिसर्चमा जुटेका छन् । यही फिल्मबाट निर्देशन यात्रा तय गर्ने योजनामा रहेका परिच्छेद सेनले फिल्मीकुरा सँग संवाद गर्दै ४ महिनाको समय संगीतकार बाँस्कोटाले रिसर्चका लागि खर्चिने बताएका छन् ।

‘X–पार्क’ डेब्यू निर्देशक सेनले भने, ‘यो फिल्मको सबै गीतमा उहाँकै संगीत रहनेछ । सम्पूर्ण नेपाली बाजा प्रयोग गरेर एउटा छुट्टै प्रकारको टिपीकल धुन तयार गर्ने तयारीमा संगीतकार बाँस्कोटा लागिपर्नु भएको छ ।’ फिल्मको गीतमा संगीत पक्ष आयामिक रहोस् भन्नका लागि पनि रिसर्च गरिन लागेको निर्देशक सेनको कथन छ ।

फिल्मको संगीत पक्षलाई लिएर एकातिर काम भइरहेको छ भने कथा लेखन साहित्यकार अमर न्यौपानेले गरिरहेका छन् । कलाकार पनि छिट्टै फाइनल गरिने जानकारी सेनले गराएका छन् । यही वर्षको चैत्र अन्तिममा फिल्म प्रदर्शन गराउने लक्ष्य निर्माण यूनिटको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)