नयाँ शक्ति घोषणामा नायिकाको उद्घोषण, प्रमलाई सम्बोधन केपीजी


Filmy Kura, Jun 12, 2016 at 5:22 pm

karisma-manandharनिकै तामझामका साथ आज दशरथ रंगशालामा लाखौको उपस्थित गराई डा. बाबुराम भट्टराईले ‘नयाँ शक्ति नेपाल’ पार्टीको घोषणा गरेका छन् । पार्टी घोषणा सभामा उद्घोषणको जिम्मेवारी भने नेपाली फिल्मकी सदाबहार नायिका करिश्मा मानन्धरले निभाएकी थिइन् । जो नयाँ शक्तिकी सदस्य समेत हुन् ।

औपचारिक समारोहलाई अगाडि बढाउने क्रममा नायिकाबाट राजनीतिमा हात हालेकी करिश्माले स्टेज होस्ट गरिरहदा अनेकन मिस्केट भेटिएका थिए । नेताको नाम सम्बोधन गर्दा उच्चारणमा त्रुटि हुँदा माहोल केही खल्बलिएको थियो ।

मासमा बोलिने शब्दलाई ख्याल नगर्दा उनी आफूमात्र झुक्किइनन् प्रधानमन्त्रीको नाम समेत पूर्ण उच्चारण गर्न भुलिन् । अनौपचारिक भेटघाटमा बोलिने शब्द जस्तै प्रधानमन्त्रीलाई केपीजी भनेर सम्बोधन गर्दा रातो सारीमा सजिएकी नायिकाको बोलीमा सभ्य र सिस्टता नभएको सहभागीमा गाइगुइ समेत चलेको थियो ।

अभिनयमा पारङ्गत करिश्मा ज्यू कहा सजिलो छ राजनीति गर्न केही तयारी गरेर स्टेजमा बोल्ने पो हो की ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार