२० लाख लिएर कृ फिल्ममा काम गर्दै अनमोल


Filmy Kura, Jun 12, 2016 at 7:41 pm

anamol-kc&subas-giriनिर्माता सुवास गिरीले बनाउन लागेको फिल्म ‘कृ’ को लागि युथ स्टार अनमोल केसीलाई २० लाख रुपैयाँ दिइने सम्झौता भएको छ । नेक्स्ट् प्रोजेक्टका लागि आज अनमोल र सुवासले कागजी हस्ताक्षर गरेका हुन् । यति ठूलो रकम लिएर काम गर्ने हिरो अनमोल नै पहिलो हुन् । सुवास इन्टरटेन्मेन्ट र भुवन केसीको संयुक्त निर्माण रहने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।

लभ र एक्सनले भरिपूर्ण रहने बताइएको फिल्म डेढ करोड बजेटमा निर्माण गर्न लागिएको हो । जसेको सुटिङ समेत लन्डनमा गरिने निर्माण पक्षले जनाएको छ । प्रमुख भूमिकामा अनमोल रहेपनि नायिका भने तय गरिएको छैन । नायिकाको लागि नयाँ अनुहारको खोजि भएको छ ।

छेतेन गुरुङ र आशिष रेग्मीको पटकथामा तयार यो फिल्मलाई वर्ष २०७४ मा रिलिज गराउने तयारी छ । एक अक्षरको नाम ‘कृ’ सुन्दा अचम्म लाग्न सक्छ । संस्कृत शब्द ‘कृ’ को अर्थ बदला लिनु भन्ने हुन्छ । लगातार चार वटा फिल्मबाट सफलता बटुलेका अनमोलले यति ठूलो रकम लिएर काम गर्दा नेपाली सिने क्षेत्र तरङ्गीत बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)