इन्टरनेशनल लेभलका नव निर्देशक जन्मिसके : तुलसी घिमिरे


Filmy Kura, Jun 14, 2016 at 5:39 pm

film darpan chhaya 2आफ्नो जीवन कालमा उत्कृष्ट फिल्म निर्देशन गरी चर्चामा रहेका चलचित्र निर्देशक तुलसी घिमिरेले अहिलेका नव निर्देशक भाइहरुमा इन्टरनेशनल लेभलको फिल्म बनाउन सक्ने खुवी भएको बताएका छन् । उनले नयाँ पुस्ताका निर्देशक र पर्फम गर्ने आर्टिस्टहरु इन्टरनेशनल स्ट्यान्डर्डलाई मिट गर्ने आएको र यो निकै आशा लाग्दो कुरा भएको भनाइ राखेका छन् ।

‘दर्पण छायाँ २’ फिल्म घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘अफट्र्याकमा बनेको फिल्म ‘पशुपति प्रसाद’ मेरो लागि पनि भिन्न स्वादको रह्यो । अब फिल्म निर्माण गर्दा साहित्यलाई ध्यान दिउ ।’ आज भन्दा १६ वर्ष अघि निर्माण भएको तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ’ को सिक्वेलका रुपमा ‘दर्पण छायाँ २’ निर्माण गर्न लागिएको हो । सोमबार राजधानीमा पत्रकार तथा सञ्चारकर्मी उपस्थित गराई फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।

यद्धपि निर्देशक तुलसी घिमिरेले भने यो सिक्वेल नभएको बताए । यो दर्पण छायाँको सिक्वेल चाहि होइन उनले थपे, ‘त्यसमा एउटा स्टोरी थियो । यसमा बेग्लै स्टोरी हुनेछ ।’ फिल्मको कथा समेत आफैले लेखेका घिमिरेले २ मा भने साहित्यमा लागेका स्रष्टाको विषय उठान गरिएको जानकारी दिए ।

यो फिल्ममा उनले नयाँ केही प्रतिभालाई चान्स दिएका छन् । डा. लोप्साङ लामा प्रस्तुतकर्ता रहेको यो ‘दर्पण छायाँ २’ मा साबु गदाल कार्की र रबि कार्कीको लगानी रहनेछ । शिव ढकाल र रामेश्वर कार्कीको संयुक्त छायांकन रहने फिल्ममा बरिष्ठ संगीतकार रनजीत गज्मेर र चन्दन लोम्जेलको संगीत, छेडुप लामाको नृत्य निर्देशन रहनेछ ।

फिल्ममा पुस्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई, सरोज खनाल लगायतका कलाकारको अभिनय रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?