तीन घुम्ती निर्देशक फिल्मबाट अलग हुँदै


Filmy Kura, Jun 15, 2016 at 2:54 pm

babu ram dhakalसाहित्यकार स्व. विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास तीन घुम्ती माथि निर्माण गरिएको फिल्म ‘तीन घुम्ती’ का निर्देशक बाबुराम ढकाल फिल्म क्षेत्रबाट अलग हुँदैछन् । फिल्म रिलिजको संघारमा उनले केही अवधिका लागि यो क्षेत्रबाट टाढै बस्ने योजना बुनेका हुन् ।

फिल्मीकुरा सँग उनले भनेका छन्, ‘म करिब चार वर्षको लागि फिल्म क्षेत्रबाट अलग रहदैछु । सम्भवत त यो अवधिमा युएस जान्छु होला । यी चार वर्ष मेरा लागि केही नयाँ अनुभव लिने र सिक्ने मौका हुनेछ भन्ने ठानेको छु ।’

कृति माथि निर्माण भएका फिल्म व्यवसायिक ढाँचामा असफल सिद्ध भइरहेको जटिल अवस्थामा ‘तीन घुम्ती’ मा काम गर्ने कलाकार देखि प्रावधिक सम्मले चुनौती मोलेको उनको भनाइ छ । यद्धपि उपन्यासलाई जसरी रुचाउनु भएको थियो त्यही अनुरुप फिल्मपनि हेर्न लायक बनाएको निर्देशक ढकालको कथन छ ।

असार १७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्ममा गरिमा पन्त, ध्रुव दत्त, सुशान्त कार्कीको प्रमुख भूमिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?