फिल्म एकेडेमी उद्घाटनमा मन्त्रीले भने सपना देख्नुस्


Filmy Kura, Jun 17, 2016 at 2:16 pm

everest-film-academyयो दुनियाँ सपना देख्नेहरु कै हो र तिनीहरुले नै ह्यान्डल गर्न सक्छन् भन्ने भनाइ त तपाईले सुन्दै आउनु भएको छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सपना देखेकै र जनतालाई सुनाए कै भरमा चर्चाको पात्र बनेका छन् । यसै बीच सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बिहीबार राजधानीमा भएको ‘एभरेष्ट फिल्म एकेडेमी’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै चलचित्रकर्मीलाई सपना देख्न आग्रह गरेका छन् । उनले भने, ‘जसले सपना देख्छ त्यसकै पूरा हुन्छ । तपाई केही सिने कर्मीले सपना देख्नु भएको रहेछ नेपाल सरकार सँग त्यो मिल्दोजुल्दो छ ।’

उनले फिल्म एकेडेमी खोलिनु खुसीको कुरा भएको भन्दै सफलताको शुभकामना समेत दिए । बरिष्ठ खल–अभिनेता सुनिल थापा प्रेसिडेन्ट रहेको यो कलेजको सम्बन्धन भने यूरोपको कुनै नाम चलेको फिल्म इन्ष्टिच्युटबाट गराउने तयारी छ । समारोहमा एभरेष्ट फिल्म एकेडेमीका प्रेसिडेन्ट सुनिल थापाले यो एकेडेमी ट्यालेन्ट र जोश भएका हर युवाको लागि एउटा राम्रो सिक्ने प्लेटफर्म भएको बताए । उनले भने, ‘तपाईहरु राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठको डायलग त नहेरी बोल्नुहुन्छ तर त्यही कुरा क्यामेरा फेस गरेर कसरी बोल्ने त्यो हामी सिकाउछौ अब । प्राक्टिकल नलेज सहितको ज्ञान र सिप तपाईमा दिनु नै एकेडेमीको उद्देश्य हो ।’

यता चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले एकेडेमी खोलिनु गौरवको विषय भएको भन्दै आफूले सिकेको कुरा पुस्तालाई हस्तान्तरण गर्ने महान कार्यमा संलग्न बरिष्ठ कलाकर्मीलाई धन्यवाद दिए । उनले सिकाउदा समय सापेक्ष आधुनिकताको पनि प्रयोग गर्न आवश्यक रहेको औल्याउदै बिकास बोर्डबाट प्रोत्साहन बापत स्कोलरसिपको समेत व्यवस्थाको लागि पहल गर्ने भनाइ राखे ।

हाललाई चारवटा विषय डिरेक्शन, एक्टिङ, सिनेम्याटोग्राफि र भिजुअल इडिटिङ्गको क्लास हुनेछ । बिहीबारबाटै भर्ना खुलेको जानकारी दिइएको उक्त एकेडेमीमा पढ्नका लागि एसएलसी वा सो सरह उत्तिर्ण भएको हुनुपर्नेछ ।

एक्टिङतर्फ खल अभिनेता सुनिल थापा, बरिष्ठ निर्देशक तथा कलाकार विश्व बस्नेत, नायिका गौरी मल्ल र कलाकार गंगा प्रसाद तिवारीले क्लास लिनेछन् । सिनेम्याटोग्राफि तर्फ प्रेम उपाध्याय र बिस्नु कल्पितले कक्षा लिनेछन् भने भिजुअल इडिटिङ रजनी पन्त र दशरथ गिरीले सिकाउनेछन् । सल्लाहकार बोर्डमा भने गिहेन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपकराज गिरी र बाबुराम ढकाल लगायतका व्यक्ति छन् ।

निर्देशन विधामा भने बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा र उज्जल घिमिरेले कक्षा लिनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)