‘ए मेरो हजुर २’ मा ड्रिम्स हिरोइन साम्राज्ञी अनुबन्धित
Filmy Kura, Jun 17, 2016 at 2:18 pm
ड्रिम्स हिरोइन साम्राज्ञी लक्ष्मी शाह नायिका झरना थापाले निर्देशन गर्न लागेको फिल्म ‘ए मेरो हजुर २’ मा अनुबन्धित भएकी छिन् । धेरै अगाडि देखि फिल्मको हिरो र हिरोइनको खोजिमा रहेकी झरनाले बल्ल कथा सुहाउदो नायिका पाएकी हुन् । त्यसो त नायक भने अझै पनि फाइनल हुन बाँकी नै छ ।
यही फिल्मबाट नायिका थापा निर्देशक बन्ने योजनामा छिन् । फिल्ममा नाजिर हुसेन र बुद्धि तामाङ भने केही समय अगाडि रहने जानकारी गराइएको थियो । हेरौ यो फिल्म ड्रिम्स हिरोइनको अर्को सक्सेसफूल मूभि हुन सक्ला कि नसक्ला ।
Leave a Reply