महेशले अनुभूत गर्नू भनेपछि जेनिशाले भनिन्, ‘सबै राम्रो छ’


Filmy Kura, Jun 21, 2016 at 12:50 pm

jenisha-maheshसंगीत भन्ने कुरा भिडियोमा हेरर थाहा पाउन नसकिने भन्दै संगीतकार महेश खड्काले यो त केबल मनबाट अनुभूत गर्न सकिने बताएका छन् । पछिल्लो समय केही निस्क्रिय जस्तो देखिएका महेशले संगीत जति अनुभूत गर्यो उति गहिराईमा पुगिने धारणा राखेका छन् । उनीद्धारा संगीतबद्ध गरिएको फिल्म ‘एक पल’ रिलिजको संघारमा रहेको छ । श्रावण २१ रिलिज फिल्मका संगीतकारले गीतसंगीतको पाटो अब्बल बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

यता नायिका जेनिशा केसीले संगीत, कथा र निर्देशन पक्ष राम्रो लागेको बताइन् । आफ्नो भूमिका के कस्तो छ नबताएकी उनले ‘एक पल’ सांगीतिक प्रेम कथामा आधारित रहेको फिल्म भन्न रुचाइन् । यद्धपि उनलाई कुनै पनि फिल्मले लक लागेको देखिदैन ।

जेनिशा केसी, राम महर्जन, आकाश शाहको प्रमुख भूमिका रहेको फिल्मलाई राज शाक्यले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)
‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ
पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)